जनसभा

पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको छ : ओली

पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको छ : ओली

बैतडी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम भइरहेको बताएका छन्। ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै पहिचानको सवालमा एमालेले सबैभन्दा बढी आवाज उठाएको स्पष्ट पारेका हुन्।

null

पूर्वप्रधानमन्त्री ओलीले एमालेकै पहलमा समानुपातिकको व्यवस्था आएको स्पष्ट पारे। उनले पहिचानको राजनीति भनेको अराजकता, अरुलाई हमाला गर्ने र हिंसा फैलाउने हुन नसक्ने धारणा राखे। उनले देशलाई एकतामा जान नदिने पहिचानको नाममा अराजकता बढेको बताए।

उनले अहिलेको सरकारले कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गरे।  उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको दाबी गरे। गणतन्त्रको विरोध गर्ने दुष्शाहसिक काम भइरहेको उल्लेख गर्दै ओलीले अब पछाडि फर्कन र रैति हुन नसक्ने धारणा राखे।null


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.