मुगु एमालेमा किचलो, हप्ता दिनमा पनि भएन नेतृत्व चयन

मुगु एमालेमा किचलो, हप्ता दिनमा पनि भएन नेतृत्व चयन
सुन्नुहोस्

मुगु : नेकपा एमाले मुगुको नवौं अधिवेशनको नेतृत्व छनोटमा एक पक्षीय निर्णय गरेको आरोप लागेको छ। निर्वाचन कमिटीले आफ्नो सम्पूर्ण कार्यतालिका सार्वजनिक गरी नेतृत्व छनोट प्रक्रियामा लैजाने तयारी भइरहेका बेला अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया रोक्न लगाई आफूखुसी नेतृत्व चयन गर्न खोजेको अध्यक्ष पदका उम्मेदवार डम्बर रावल पक्षले बताएको छ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एक हप्ताअघि उद्घाटन गरेपनि जिल्ला अधिवेशनले अझैसम्म नेतृत्व चयन गर्न सकेको छैन। जुम्लाका जिल्ला इन्चार्जसमेत रहेका मोहन बानियाले आफू अनुकूल नेतृत्व ल्याउन खोजेपछि नेतृत्व चयनमा किचलो भएको हो।

बानिया अध्यक्ष मण्डलबाट बाहिरिएपछि एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजङ्ग शाहले अध्यक्ष मण्डलको नेतृत्व गरेका छन्। शाहले समेत निर्वाचन प्रक्रियालाई रोकेर एक पक्षीय निर्णय गर्न लगाएको रावल पक्षका कार्यकर्ता र अधिवेशन प्रतिनिधिहरूले आरोप लगाएका छन्।

कूल ३७४ अधिवेशन प्रतिनिधमध्ये २५० जनाले डम्बर रावल नेतृत्वको टिमको पक्षमा हस्ताक्षर गर्दासमेत अध्यक्ष मण्डलले बेवास्ता गरेको अधिवेशन प्रतिनिधि हरिचन्द्र शाहीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.