क्रिकेटर पूजा महतो गृहनगरमा सम्मानित

क्रिकेटर पूजा महतो गृहनगरमा सम्मानित
सुन्नुहोस्

महोत्तरी : महिला क्रिकेटर पूजा महतो गृहनगरमा सम्मानित भएकी छन्। उनलाई आईतबार गौशाला नगरपालिकाको कार्यालयले सम्मान गरेका हुन्। 

नगरप्रमुख डा. दिपेन्द्र महतो र उपप्रमुख रेणु महतोले कार्यकक्षमा क्रिकेटर महतोलाई सम्मान गरेका हुन्। क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी पूजा महतोले गौशाला नगरपालिकाको नामलाई समेत विश्वसमक्ष चिनाउन सफल भएको मेयर डा. महतोले प्रशंसा गरेका छन्।

त्यस्तै उपमेयर रेणु महतोले क्रिकेटर पूजा यहाँका महिलाको नेतृत्व गर्दै उदाहरणीय कार्य गरेको भन्दै उनको प्रशंसा गरेका हुन्। गौशाला नगरपालिका-९ डुवरबन्ना घर भएकी क्रिकेटर पूजा महतो राष्ट्रिय टिममा यसैवर्ष डेब्यू गरेकी हुन्। उनले छोटो समयमै नेपाली महिला क्रिकेट टिममा अलराउन्डरका रूपमा उत्कृष्ट प्रदर्शन गरेकी छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.