एनसेल खरिद-बिक्री प्रकरणमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्ने गठबन्धनको निष्कर्ष

एनसेल खरिद-बिक्री प्रकरणमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्ने गठबन्धनको निष्कर्ष

काठमाडौं : एनसेलको खरिद बिक्री प्रकरणमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्ने निष्कर्ष सत्ता गठबन्धन बैठकले निकालेको छ। मंगलबार बालुवाटारमा बसेको गठबन्धन र कर्मचारीसहितको बैठकले एनसेलका विषयमा गहिरोगरी छानबिन गरी कानुनअनुसार कारबाही गर्ने निष्कर्ष भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

एनसेलको पछिल्लो गतिविधि शंकास्पद् रहेको निष्कर्षसमेत बैठकले निकालेको उनको भनाइ छ। 'एनसेलको सम्बन्धनमा जुन सेयर खरिद बिक्रीका कुरा आएका छन्। ती अत्यन्त गम्भीर छ। जे पनि काम कुरा भएका छन्, त्यो नेपालको कानुनबमोजिम वा स्वीकृतिमा भएको पाइएको छैन। जति पनि गतविधि भएका छन्, ती सबै शंकास्पद् छन्। सरकारले तत्काल गहिरोगरी छानबिन र अध्ययन गर्नुपर्छ। राष्ट्र र देशको हितमा गर्नुपर्ने सबै काम गर्नुपर्छ,' बैठकको निष्कर्ष सुनाउँदै लेखकले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल एनसेल प्रकरणमा गम्भीर रहेको प्रमुख सचेतक लेखकको भनाइ छ। 'प्रधानमन्त्रीज्युले यो विषयमा छानबिन गर्ने भनिसक्नुभएको छ। देशको हित प्रतिकूल हुन नदिन सुक्षमरुपले छानबिन गर्ने भनिसक्नुभएको छ। उहाँको कुरालाई हामीले समर्थन जनाएका छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.