एनसेल खरिद बिक्री प्रकरण छानबिन गर्न सरकारसँग राप्रपाको माग

एनसेल खरिद बिक्री प्रकरण छानबिन गर्न सरकारसँग राप्रपाको माग
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेल खरिद बिक्री प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेको छ। राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै एनसेलका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो।

एनसेल सेयर बिक्रीमा अबौं रकमको कर छलि भएको भन्दै राप्रपाले ध्यानाकर्षणसमेत जनाएको छ।

'नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानुन विपरीत हुनेगरी सेयर खरिद बिक्री भएकोप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि पनि यस्तै प्रकरणमा कर छली भएको मुद्दा अदालतमा विचाराधीन नै छ। पुनः सोही प्रकारको विषय चर्चामा आएको छ। यसमा नेपाल सरकारको प्रचलित कानुन बमोजिमको प्रक्रिया अवलम्बन गर्न, नेपालमा वैदेशिक लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ यथार्थ विवरण अविलम्ब सार्वजनिक गर्न साथै सत्यतथ्य छानविन गर्न राप्रपा सरकारसँग माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.