एनसेल बिक्रीबारे अर्थ समितिलाई रास्वपाको ध्यानाकर्षण, के छ माग ?

एनसेल बिक्रीबारे अर्थ समितिलाई रास्वपाको ध्यानाकर्षण, के छ माग ?
अर्थ समितिका सभापति सन्तोष चालिसेलाई ध्यानाकर्षण पत्र बुझाउँदे रास्वपा सांसदद्वय डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले एनसेल बिक्रीबारे निष्पक्ष छानबिनको माग गरेको छ।  बुधबार रास्वपा सांसदद्वय डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले संसद्‍को अर्थ समितिमा एनसेल बिक्रीबारे निष्पक्ष छानबिन गर्न ध्यानाकर्षण गराएका हुन्।

बुधबार समिति सभापति सन्तोष चालिसेलाई कार्यकक्षमा भेटेर स्वदेशी एवं विदेशी लगानीको माहोल बनाई आय र रोजगारीको विस्तार, निर्यात प्रवर्द्धन एवं प्रविधि हस्तान्तरणमा फड्को मार्ने राष्ट्रिय लक्ष्यमा धक्का लाग्ने गरेर प्रक्रिया अघि बढेको भन्दै उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन्।

नेपालबाट आजियाटा निस्कँदा अन्य ठूला लगानीकर्तामा पर्ने नकारात्मक प्रभाव र यस्ता कम्पनीका तमाम अनुचित गतिविधिबाट पुगेको क्षति वा वैध क्रियाकलापबाट प्राप्त लाभबारे नीतिगत समीक्षा हुन जरुरी भएको बताएका छन्।

उनीहरूले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ।

हेर्नुहोस् के छ पत्रमा

 nullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.