जलविद्युतको दिगो विकासमा विश्व बैंक र एडिबीबीच सहकार्य

जलविद्युतको दिगो विकासमा विश्व बैंक र एडिबीबीच सहकार्य
सुन्नुहोस्

काठमाडौं : नेपालको जलविद्युत क्षेत्रकोको दिगो विकासका लागि विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)बीच सहकार्य भएको छ। यी दुई बहुपक्षीय विकास बैंकले प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सन्दर्भमा विशेषगरी नेपालको जलविद्युत क्षेत्रलाई बलियो बनाउन सहकार्यको घोषणा गरेका हुन्।

प्रारम्भिक अवधिमा पाँच वर्षका लागि दुई संस्थाबीच सहकार्य गर्ने समझदारी पत्रमा बिहीबार कोप २८को साइडलाइनमा दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजर र क्षेत्रीय विकास बैंकका उपाध्यक्ष फातिमा यास्मिनले हस्ताक्षर गरेका छन्। सन् २०२३ को अक्टोबरमा माराकेचमा भएको विश्व बैंक-आइएमएफको वार्षिक बैठकमा बहुपक्षीय विकास बैंकका प्रमुखहरूद्वारा जारी गरिएको बृहत्तर प्रभावका लागि सहयोग सुदृढीकरण गर्ने संयुक्त वक्तव्यपछि एडीबी र विश्व बैंकबीच भएको यो पहिलो एमओयू हो।

यो सम्झौताले विशेषगरी देश-स्तरको सहयोग अभिवृद्धि, सहवित्तको सुदृढीकरण, र जलवायु परिवर्तनमा संयुक्त कार्यलाई बढावा दिनमा लक्षित रहेको बताइएको छ। दुई बहुपक्षीय विकास बैंकहरूबीचको प्रायोगिक दृष्टिकोणले नेपालको जलविद्युत क्षेत्रको साझा बुझाइ, संयुक्त विश्लेषणात्मक अध्ययन र जलविद्युत क्षेत्रको विकासको लागि परामर्श सुनिश्चित गर्न ज्ञान र अनुभव आदानप्रदान गरिने छ। 

यससँगै, विश्व बैंक र एसियाली विकास बैंकले ठूला जलविद्युत आयोजनाको विकास र ऊर्जा क्षेत्रमा आयोजनाहरूको तयारी,  वित्त पोषणमा नेपालको कार्यान्वयन तथा कार्यान्वयन गर्ने निकायहरूको संस्थागत क्षमतालाई सुदृढ गर्न पनि मिलेर काम जनाइएको छ।

त्यस्तै दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले नेपालको प्रचुर जलविद्युत स्रोतको पूर्ण सम्भावना नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रबीचको घनिष्ट साझेदारी बिना साकार हुन नसक्ने बताए। रेजर भन्छन्, 'यो सम्झौतामार्फत, एडिबी र विश्व बैंकले आगामी दशकहरूमा देशको हरित, दिगो र समावेशी विकासलाई समर्थन गर्ने उद्देश्यले नेपालको जलविद्युत क्षेत्रअन्तर्गत वित्तिय र नीतिगत सल्लाहमा घनिष्ट सहकार्यको आधारशिला खडा गर्न खोजिएको हो।’

त्यसैगरी एडीबीका उपाध्यक्ष फातिमा यास्मिन यो सम्झौता जनसङ्ख्या वृद्धि र सहरीकरणको बढ्दो मागबीच नेपालको ऊर्जा सुरक्षालाई सुदृढ पार्ने महत्वपूर्ण कदम भएको बताइन्। उनका अनुसार यसले छिमेकी देशहरूसँगको ऊर्जा व्यापार, क्षेत्रीय सहयोग, आर्थिक वृद्धि र हरित र समावेशी विकासलाई प्रवर्द्धन गर्दछ। उनी भन्छिन्, ‘एडीबी जलवायु कार्यसँग मिल्दोजुल्दो स्वच्छ ऊर्जा समाधानहरू प्रवद्र्धन गर्न हामी प्रतिबद्ध छौं। यो समुदाय, जीविकोपार्जन र वातावरणमा सकारात्मक प्रभावहरू सिर्जना गर्ने र सबैका लागि थप दिगो भविष्यमा योगदान गर्ने पनि हाम्रो लक्ष्य हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.