एनसेलको सेयर खरिदबिक्री प्रकरण राष्ट्रहित विपरित, राज्यले अनुसन्धान गर्नुपर्छ : राप्रपा

एनसेलको सेयर खरिदबिक्री प्रकरण राष्ट्रहित विपरित, राज्यले अनुसन्धान गर्नुपर्छ : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ । बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको भन्दै यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्षका साथ सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो । 

बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई  परिमार्जन सहित पारित गरेको छ भने आन्दोलनमा सहकार्यका लागि समान बिचार राख्ने राजनीतिक दलहरु संघ संस्थाहरु र अभियान्तालाई आह्वान गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने उनले बताए । त्यस्तै बैठकले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय भएको उनले बताए ।

बैठकले राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यस सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन र सम्वादन गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको लिङ्देनले बताए।

त्यसैगरी राप्रपाले इलाममा हुने उपनिर्वाचनको तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ। राप्रपा नियमावली २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाई समितिको रायसहित केन्द्रीय समितिको बैठकमा पेश गर्ने निर्णय भएको अध्यक्ष लिङ्देनले जानकारी दिए । उनले एनसेलको सेयर खरिद बिक्री प्रकरण राष्ट्रहित बिपरित देखिएकाले राज्यले अनुसन्धान गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.