महोत्तरीमा राष्ट्रिय पुरुष भलिबलका लागि खेलाडी छानिए
महोत्तरी : यही पुस २० गतेदेखि सुर्खेतको वीरेन्द्रबजारमा आयोजना हुने ३४ औं राष्ट्रिय पुरुष भलिबलका लागि खेलाडी छनौट गरिएको छ।
बिहीबार सो प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको जिल्ला भलिबल संघका अध्यक्ष रामकरण चौधरीले बताए। त्यस्तै सोही प्रतियोगिताका लागि मधेस प्रदेशले मंसिर २९ र ३० गतेका दिन खेलाडी छनौट गर्ने भएको छ। जसका लागि जिल्लाबाट छनौट भएका खेलाडीहरू प्रदेशको टिममा पर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने अध्यक्ष चौधरीले जानकारी दिए।
छनौट गरिएकोमा गौशालाबाट सुरज सिंह, बर्दिबासबाट राजा राइन, औरहीबाट विशाल यादव, भंगहाबाट पुनित राउत, नितेश सिंह, रामकुमार शर्मा, राज सिंह, बलिराम साह, धिरेन्द्र सिंह, पाण्डव चौधरी, सतेन्द्र चौधरी र अमन चौधरी छनौट भएका हुन्।
वैकल्पिकमा सुमन चौधरी र अभिनन्दन सिंहलाई छनौट गरिएको जिल्ला भलिबल संघ महोत्तरीले जनाएको छ। नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबलसँगको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा पौष २० गतेदेखि आयोजना हुने भएको छ।