बाल संगठन र विश्वविद्यालयबीच छात्रवृत्तिका लागि सम्झौता

बाल संगठन र विश्वविद्यालयबीच छात्रवृत्तिका लागि सम्झौता
सुन्नुहोस्

काभ्रे : धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय र नेपाल बाल संगठनबीच बाल संगठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने विषयमा आइतबार सम्झौता भएको छ। 

नेपाल बाल संगठनले सञ्चालन गरेका बाल गृहहरूमा संरक्षित कक्षा १२ उत्तीर्ण गरेका बालबालिकामध्ये कम्तिमा दुई जनालाई काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने सहमति भएको छ।

काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल तथा नेपाल बाल संगठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार बाल संगठनको उत्थान र प्रगतिका लागि विश्वविद्यालयले सहकार्यको वातावरण निर्माण गर्नुपर्नेछ। यसका लागि विश्वविद्यालयले बाल संगठनको पाँचखाल, काभ्रेमा रहेको जमीन भाडामा लिएर त्यहाँ इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जीर्णोद्धार गर्ने तथा नयाँ संरचना निर्माण गर्ने सहमति भएको जनाएको छ। 

सम्झौता १० वर्षमा नवीकरण हुने छ। सम्झौता अनुसार विश्वविद्यालयले एक वर्षमा दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा दिइने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.