डेस्क, बेन्च अभावमा कुर्सीमा बसेर विद्यार्थीले दिए परीक्षा

डेस्क, बेन्च अभावमा कुर्सीमा बसेर विद्यार्थीले दिए परीक्षा

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मार्ने त्रिपुरा माध्यमिक विद्यालय काटियाँचौरमा फर्निचर अभाव भएको छ। माध्यमिक विद्यालयमै विद्यार्थीलाई कक्षा कोठामा डेस्क बेन्च अभाव भएपछि नियमित पठनपाठनमा समस्या हुँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयमा विद्यार्थीका लागि डेक्स बेन्च अपुग भएपछि आजदेखि सुरु भएको वार्षिक परीक्षा कुर्सीमा सञ्चालन गरिएको प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए। लामो समयदेखि विद्यालयमा फर्निचरको अभाव भएपनि समस्या समाधानकालागि कतैबाट सहयोग नपाइएको उपाध्यायले बताए।

कक्षा १ देखि १० सम्म पढाइ हुने यस विद्यालयमा भाँचिएका डेक्स बेन्चहरू जोडजाम गरेर विद्यार्थी राखिएको छ। भाँचिएका डेक्स बेन्चमा बस्नुपर्दा हल्लिएर पढ्न लेख्न समस्या हुने गरेको विद्यार्थीहरू बताउँछन्। 

नगरपालिकाको प्रशासकीय केन्द्रबाट १० मिनेटको दूरीमा रहेको विद्यालय भए पनि समस्या समाधानका भने स्थानीय सरकारको ध्यान जान सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.