डडेल्धुरामा जीप दुर्घटना, ८ जना घाइते

डडेल्धुरामा जीप दुर्घटना, ८ जना घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम बाघबजार आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जीप दुर्घटना भएको हो। 

वडा नम्बर २ का अध्यक्ष दिलबहादुर बिष्टका अनुसार नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ। 

जीपका सहचालक तारा ऐर गम्भीर घाइते भएका स्थानीयले जनाएका छन् । घाइते हुनेमा एकजना कार्यपालिका सदस्य इन्द्रा धामी पनि रहेका प्रहीले जनाएको छ। दुर्घटनाको कारण पत्ता लागेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.