समर्थन मूल्यमा सहमति नजुट्दा उखु किसानलाई समस्या

समर्थन मूल्यमा सहमति नजुट्दा उखु किसानलाई समस्या
फाइल तस्बिर
सुन्नुहोस्

महोत्तरी : उखुको समर्थन मूल्यमा सहमति नजुट्दा उखु किसानलाई समस्या हुँदै आएको छ। उखु काट्ने तयारीमा रहेका किसानहरू उखुको समर्थन मूल्य नपाएकै कारण समस्यामा परेका हुन्। 

उखु उत्पादक किसान संघ, चिनी उद्योगी र सरकार सम्मिलित बैठकबाट सहमति अनुसारको भाउ तोक्न असफल भएको गौशाला ११ का किसान दिनेश महतोले बताए। उनले भने, 'जहिले नि यो नाटक चलिरहन्छ। अलि दिन नाटक हुन्छ फेरि उही पुरानै ढंगले उधारोमा उखु बिक्री गर्न वाध्य हुन्छन् किसानहरू। यसप्रति आवाज उठान गर्ने कोही भएन। जसको कारण हरेक पक्षबाट किसानहरू पीडित नै हुन्छन्।'
  

५ बिगाहा क्षेत्रफलमा उखु खेती गरेका महतोले समयानुकुल उखुको भाउ निर्धारण गर्नका लागि सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। खेतमा तयारी अवस्थामा रहेको उखुलाई बिक्रीका लागि जुरमुराएका किसानहरूलाई अझ प्रतीक्षा गर्नुपर्ने बाहेक केही नरहेको महतोले बताए। 

समर्थन मूल्यमा सहमति जुट्न नसकेकै कारण उखु काट्नका लागि किसानहरू तत्काल तयार नभएको रामनगरस्थित एभरेष्ट चिनी उद्योगमा कार्यरत एक जना कर्मचारीले बताए। ती कर्मचारीका अनुसार मिलले उखु आपूर्ति पुर्जी (चलान)वितरण गर्ने अन्तिम तयारीमा रहेको छ। 

उनका अनुसार उद्योग सञ्चालनका लागि प्रशासनले कर्मचारीलाई काममा खटाइसकेको छ। यता किसानले पनि मूल्यमा सहमति जुटे लगतै उखु काट्ने सुरसारमा छन्। 

मंसिर १८ गते सरकारले बोलाएको बैठकमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले बताए। उनले भने, ' बैठकमा हामीहरूले यसवर्षका लागि उखुको मूल्य कम्तीमा ७ सय ५० रुपैयाँ माग प्रस्ताव राखेका थियौं। किसानहरूको उखु उत्पादनका लागि हुने लगत कट्टा, चिनीको बजार भाउको मूल्यांकन गर्दै हामीहरूको तर्फबाट सो रकमका बारेमा प्रस्ताव राखेका थियौं। उद्योगी पक्षकोतर्फबाट गतवर्षको भाउमा ११ रुपैयाँ प्रतिक्विन्टल थप गरी मूल्य निर्धारण गर्ने प्रस्ताव आएपछि सो वार्ता निष्कर्षमा पुग्न सकेन।' 

उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु खेती गर्ने  किसानहरूलाई आह्वान गरेका छन्। सरकारीस्तरबाट मागको सुनवाइ नभए अब किसानकोतर्फबाट आन्दोलनका विभिन्न चरणका कार्यक्रमहरू सार्वजनिक गरिने अध्यक्ष मैनालीले बताए। अध्यक्ष मैनालीका अनुसार अहिले आफ्नो नेतृत्वमाको टोली यहाँ सञ्चालित चिनी उद्योगमा पुगेर सत्यतथ्य बुझिरहेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.