एकीकृत घुम्ती शिविरमा ३ हजार बढीले सेवा लिए
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडामै पुगेर एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा दिएको छ। बिहीबार वडा नम्बर १४ स्थित टिकुलीगढमा सञ्चालन गरिएको सेवाबाट तीन हजार बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
व्यवसाय दर्ता, नयाँ श्रम स्वीकृति तथा नवीकरण, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, स्तनपायी, आयुर्वेद, बालमैत्री परामर्श, राष्ट्रिय परिचयपत्र, कृषि, पशुपक्षी, सामाजिक विकास, महिला विकास, योजना विकास लगायत शाखाबाट प्रदान गरिने सेवा वडामै पुगेर सञ्चालन गरिएको छ।
वडाबाट दिइने सेवाबाहेक नगरपालिकामा पुगेर गर्नुपर्ने काम गाउँमै सञ्चालन हुँदा नागरिकहरू उत्साहित भएका छन्। नगरपालिकाले विभिन्न वडामा पुगेर एकीकृत रूपमा सेवा दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
सेवा लिनका लागि नागरिक कार्यालय धाउनैपर्छ भन्ने पुरानो सोचलाई बदल्न पनि नगरपालिकाले घरदैलोमा सेवा दिन थालेको उनको भनाई छ।