गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : माधव नेपाल
दोलखा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले एकथरी मानिसहरूले संवैधानिक राजतन्त्रको कुरा उठाए पनि त्यो पूरा नहुने बताए।
'गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। गणतन्त्रको कमिीकमजोरी हुनसक्छ। त्यसबारे छलफल गरेर सुधार गर्नुपर्छ। तर, गणतन्त्रको विकल्पमा राजतन्त्रबारे सोच्न सकिँदैन,' उनले भने। पूर्व राजालाई राजनीति गर्न मन भए चुनावमा प्रतिस्प्रर्धा गरेर प्रधानमन्त्री बन्न उनले चुनौती दिए।
अहिलेको परिवेशमा एकल पार्टी सिस्टमको बारेमा सोच्न नसकिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !