दुर्घटनामा मामाभन्जाको मृत्यु प्रकरण, यातायात बन्द गर्ने गाउँपालिका उपाध्यक्षसहित दर्जनौं प्रक्राउ

दुर्घटनामा मामाभन्जाको मृत्यु प्रकरण, यातायात बन्द गर्ने गाउँपालिका उपाध्यक्षसहित दर्जनौं प्रक्राउ
सुन्नुहोस्

बुटवल : टिपरले हानेर मृत्यु भएका प्यूठानका मामाभान्जाका आफन्तलाई दाङ प्रहरीले धरपकड गरेर गिरफ्तार गरेको छ। उचित राहतको माग राख्दै पीडितहरुले आइतबार बिहानैदेखि दाङमा यातायात बन्द गराएका थिए। 

दाङको घोराहीबाट प्रहरीले झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल र पत्रकारसहित दर्जनौ मृतकका आफन्तलाई प्रक्राउ गरेको छ। उनीहरुलाई जबरजस्ती धरपकड गरेर प्रहरीले आफ्नो भ्यानमा राखेर लगेको प्रत्यक्षदर्शी दाङ घोराहीबाट पत्रकार विमलप्रसाद पोखरेलले जानकारी दिए। 

‘शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गर्‍यो’,पोखरेलले भने,‘पीडितका आफन्तहरु आफ्नै गाडीमा जान्छौं भन्दा पनि प्रहरीले खेदेरै लग्यो।’ 

शुक्रबार राती झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षकै सागर केसीको टिपरले हानेर मृत्यु भएको थियो। आफ्नै साइडमा बाइकमा सवार उनीहरुलाई टिपरले जबरजस्त ओभरट्याक गर्दा पछाडीबाट हानेको थियो। 

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकल हानेको हो। मृतकका आफन्तहरु र टिपर व्यवसायीबीच शनिबार दिउँसभरी दाङमा छलफल भए पनि टिपर व्यवसायीले पीडितहरुको मागप्रति बेवास्ता गरेकाले पीडितहरु आन्दोलनमा उत्रनु परेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए।

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.