रघुगंगाले जित्यो राष्ट्रपति रनिङ शिल्ड

रघुगंगाले जित्यो राष्ट्रपति रनिङ शिल्ड

बेनी : रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि पिल्लेको रघुगंगा माविले जितेको छ। 

झिँमा मंगलबार सम्पन्न प्रतियोगितामा १२ वटा स्वर्ण र ४ वटा कास्य पदकसहित रघुगंगा माविले लगातार चौथो पटक उपाधि जितेको हो। रघुगंगा गाउँपालिका–३ मा रहेको रघुगंगा माविले गत वर्ष लगातार तेस्रो पटक प्रतियोगिता जितेर रनिङ शिल्डलाई आफ्नो बनाएको थियो। 

यसैगरी ७ वटा स्वर्ण, ४/४ वटा रजत र कास्य पदक जितेको रघुगंगा गाउँपालिका–२ मा रहेको मुक्तिधाम मावि उपविजेता बनेको छ। तीन वटा स्वर्ण, पाँच/पाँच वटा रजत र कास्य पदक जितेको वडा नम्बर ६ पाखापानीको अमर मावि तृतीय भएको छ। 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा विद्यालय सहभागी भएका थिए। एथलेटिक्स र भलिबल विधाका खेलमा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। 

विजेतालाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गरिएको छ। दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ३० हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.