बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ घाइते

सिमरा : त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौंडा सडकखण्डको तीन नम्बर पुलमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौंडा उपमहानगरपालिका ३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन्।

काकरभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३–००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक एक आपसमा ठोक्किँएको हो। दुर्घटनामा २७ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुनसरी भाति गाउँपालिका २ का ३० वर्षीय खिलराज दुलाल, सुनसरी इटहरी उपमहानगरपालिका ४ का ४० वर्षीय सुरेन्द्र गौतम, उनकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल उनकी छोरी १२ वर्षीया सोराय गौतम, उनका छोरा तीन वर्षीय सोडनेम गौतम, बसका सहचालक झापा दमकका ३५ वर्षीय नगेन्द्र उप्रेतीको अवस्थाीगम्भिर छ। उनीहरुलाई थप उपचारका लागि हेटौंडाबाट चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ। 

यसैगरी दुर्घटनाका अर्का एक घाईते तनहुँ बन्दिपुर गाउँपालिका ६ का १७ वर्षीय तेजकुमार गुरुङको हेटौंडा अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन्। दुर्घटनामा सामान्य घाइते भएका यात्रुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको न्यौपानेको भनाइ छ। 

राती करिब दुई बजे बस र ट्रक एक आपसमा ठोक्किएको हो। घटनालगत्तै इलाका प्रहरी कार्यालय अमलेखगंज र इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली पुगेर घाइतेको उद्धार गरेका थिए। बससँग ठोक्किएको ट्रक राजमार्गभन्दा तल खसेको छ। दुर्घटनापछि राजमार्गसमेत अवरुद्ध भएको थियो। प्रहरीले घाइतेको उद्धार गरी पठाएपछि राजमार्ग सूचारु गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.