सार्क र बिमस्टेकका विषयमा सहकार्य गरेर अघि बढ्ने

सार्क र बिमस्टेकका विषयमा सहकार्य गरेर अघि बढ्ने
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाली विदेशमन्त्री अली साब्रीबीच सार्क र बिमस्टेकका विषयमा सहमति र सहकार्यका लागि छलफल भएको छ। 

बिहीबार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा छेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई अझैं बलियो बनाउने भन्ने विषयमा छलफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

द्विपक्षीय छलफलमा सम्बन्धहरूको पुनरावलोकन, लगानी, व्यापार, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनका बारेमा छलफल भएको बताए। उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताए। 

संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा पनि दुई देशको सहकार्यको विषयमा पनि छलफल भएको छ। छलफलमा सबै राष्ट्रका बीचमा सहमति बनाएर छेत्रीय संगठनहरू, विशेष गरेर सार्क र बिमस्टेकलार्ई आउँदा दिनमा बलियो बनाउँदै लैजाने विषयमा छलफल भएको छ। 

मन्त्री साउदले भेटमा भएका विषयमा थप स्पष्ट पार्दै भने, ‘दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ। परम्परागत रूपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रूपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रूपमा रही आएका छौं। आगामी दिनमा पनि सौहार्दपूर्ण सहकार्य रहनेछ।’ 

उक्त सम्मेलनमा विदेशमन्त्री साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटनलगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने भन्ने बारे वार्ता भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.