अन्नपूर्ण गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पियन

अन्नपूर्ण गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पियन
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विजयी प्रभा माविका खेलाडीहरुलाई पुरस्कार वितरण गरिंदै। तस्बिर : सन्तोष गौतम।
सुन्नुहोस्

बेनी : नारच्याङको प्रभा मावि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन बनेको छ। 

गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित प्रभाले लगातार दोस्रो पटक उपाधी चुमेको हो। पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पनि बिजेता रहेको प्रभाले दोस्रो पतियोगिता गुमाएको थियो। 

दोस्रो राष्ट्रपति रनिङ शिल्डको विजेता घारको मुक्तिमार्ग मावि ८ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित उपविजेतामा सीमित भएको छ। ६ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित शिख मावि तृतीय बनेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए। 

प्रतियोगिताको विजेता विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पचास हजार पुरस्कार प्राप्त गरेको छ। दोस्रो र तेस्रो हुनेले ३० हजार र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा विद्यालयका ३१५ जना खेलाडीहरुले कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५-१५ इभेन्टमा प्रतिष्पर्धा भएको थियो। भलिबल, कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई पाँच-पाँच हजारका दरले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।  

एथलेटिक्समा प्रभा माविका हरिस रन्तिजा र छात्रातर्फ शिख माविकी सम्झना विक, कवड्डीमा प्रभाका प्रदिप बिक र सोनिया थजाली, भलिबलमा ज्ञानप्रकाश मावि दानाका सनिस गौचन र शिख माविकी कमला पाईजालाई उत्कृष्ट खेलाडी घोषणा गरेर पुरस्कृत गरिएको थियो। 

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओम फगामी, ६ नम्बर वडा अध्यक्ष रामबहादुर खड्का र वडा नम्र ४ का कार्यवाहक वडा अध्यक्ष श्याम पुर्जा लगायतले पुरस्कार वितरण गरे।  

प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई यही पुष २० र २१ गते बेनीमा सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष पुनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.