लालबकैया पुल १० वर्षदेखि अलपत्र

लालबकैया पुल १० वर्षदेखि अलपत्र
सुन्नुहोस्

रौतहट : गौर र इशनाथ नगरपालिकाको टिकुलिया घाटमा १० वर्षदेखि अलपत्र परेको पुल सोमबार अनुगमन भएको छ। संघीय सांसदको महिला तथा समाजिक मामिला समितिका सभापति तथा रौतहट क्षेत्र नम्बर २ का सङ्घीय सांसद किरणकुमार साहले सो पुलको अनुगमन गरेका हुन्।

पुल अनुगमन गर्दै सांसद साहले देशको अर्थतन्त्र कमजोर भए पनि पुन निर्माण गर्न सदनदेखि सडकसम्म आवाज उठाउँदै आएको बताएका छन्। 

केही महिनाअघि पुल निर्माण पूरा गर्न भन्दै अमरण अनसनमा बसेका स्थानीय पत्रकार संजय सहनीको प्रतिबद्धता पूरा गर्न आफू रातदिन सकृय रहेको र देशको अर्थतन्त्र कमजोर भएका कारण काममा ढिलाइ भएको सांसद साहले बताए।

सांसद साहले सदरमुकाम गौर र इशनाथ नगरपालिकाको बीचमा पर्ने लालबकैया पुल निमार्णका लागि पुरानो टेण्डर रद्द भइ नयाँ टेण्डरको प्रक्रियासमेत अगाडि बढेको जानकारी दिएका छन्।

पुल चाँडो निर्माणका लागि आफू अर्थमन्त्रालयदेखि विभिन्न मन्त्रालयमा धाउँदै आएको उनले बताए। समयमा पुल नबन्दा ईशनाथ नगरपालिकाका स्थानियलाई सदरमुकाम गौर आवतजावत गर्न वर्षायाममा डुंगा चढ्नु पर्ने बाध्यता छ। 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको सो पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले ठेक्का सकार गरेको थियो।

ठेक्का सकारेको १० वर्षमा पनि काम नसक्दा सम्बन्धित निकायले पप्पु कन्ट्रक्सनको सो ठेक्का तोडेर नयाँ ठेक्का लगाएको तर श्रोतको सुनिश्चिता अहिलेसम्म नहुँदा काम सुरु हुन सकेको छैन।

लाल बकैया नदीपारि पर्ने बन्जाराहा, औरैया, मठिया, डुमरीया, जोकहालगायतका स्थानहरुबाट सदरमुकाम गौर आउनजान गर्न कष्ट भोग्दै आएका छन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते सो पुल शिलान्यास गरेका थिए। वि.सं २०७१ असारमा  पप्पु कन्स्ट्रक्सनले करिब १६ करोड ८६ लाख २७ हजार १ सय ५० रुपैयाँमा सकार गरेको  थियो।

पप्पु कन्स्ट्रक्सनले २०७४ असार २५ भित्र काम सक्ने सम्झौता गरे पनि पटक-पटक विभिन्न बहाना बनाउँदै काम अलपत्र बनाउँदै म्याद मात्रै थप्ने  गरेको थियो।

पप्पु कन्ट्रक्सनले काम नगर्ने भएपछि सडक डिभिजन कार्यालय रौतहटले २०७९ जेठ ९ गते सो निर्माण कम्पनिसँगको ठेक्का रद्ध गरेर नयाँ ठेक्का जारी गरेको थियो।

पुल बनाउन रकमको सुनिश्चिता अर्थ मन्त्रालयले नगर्दा पुल निमार्ण सुरु हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरले जनाएका छन्।
 
डिभिजन कार्यालयले नयाँ ठेक्काको सुचना जारी गरेपछि श्री आजाद रदिपु एंण्ड कम्पनिले २०८१ चैत १ गतेसम्म सो पुल निमार्ण सम्पन्न गर्ने गरी २०८० असोज ९ गते २७ करोड ६६ लाख ८ हजार १ सय ६७ रुपैयाँमा सम्झौता गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.