अपहरण गरी भारतको सितामढी पुर्‍याइएका दुई नेपालीको सकुशल उद्धार

अपहरण गरी भारतको सितामढी पुर्‍याइएका दुई नेपालीको सकुशल उद्धार
सुन्नुहोस्

रौतहट : चितवनका दुई जना अपहरणमुक्त भएका छन्। गत पुस ७ गते रौतहटको चन्द्रपुरका लागि हिँडेका चितवनका कृष्ण थापा र दीपेन्द्र महत अपहरणमा परेका थिए। थापाले अपहरणमा परेपछि श्रीमतीलाई फेसबुक मेसेन्जरमा फोन गरेर आफूहरू जानकारी गराएका थिए। अपहरणकारीले ६ लाख फिरौती मागेको समेत उनले श्रीमतीलाई बताएका थिए।

सूचना पाएपछि भारतको सीमावर्ती इलाकामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले सीमा क्षेत्रमा खटिएका भारतीय प्रहरीसँग समन्वयसमेत गरेको थियो। भारतीय प्रहरीले नै उनीहरूलाई अपहरणमुक्त गरेको थियो। 

भारतको सितामढी डुमरा थानाबाट खटिएको टोलीले थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए। दुवै जनाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको उनले बताए।

अपहरणमा संलग्न ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  मो. अकबर, मो. नइम, कौसर अली, मो. सदाव, मो. इरसाद र राम नरेश कुमार छन्। भारतको सितामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.