स्रोत नखुलेको साढे १९ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे १९ लाखसहित एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङ प्रहरीले स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साह छन्। उनलाई बुधबार दिउँसो विराटनगर महानगरपालिका-६ केशलियामार्गबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

‘प्रहरी टोलीले शंका लागेर सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि हामीले नियन्त्रणमा लिएका हौं। अनुसन्धान गरिरहेका छौं। भोलि राजस्व कार्यालय पठाएर सार्वजनिक गर्छौं,’ डीएसपी दाहालले भने।

पक्राउ परेका साहका साथबाट नगदसहित को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोबाइल नियन्त्रणमा लिएको दाहालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.