मन्त्रीको गाडीमा आगजनीपछि प्रहरीले चलायो गोली

मन्त्रीको गाडीमा आगजनीपछि प्रहरीले चलायो गोली
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ललितपुरको बालकुमारीमा गोली चलाएको छ।  प्रहरीले स्थिति सामान्य बनाउन केही सेल अश्रुग्यास र गोली प्रहार गरेको थियो।

गोली प्रहारबाट घाइतेहरुको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ।  गोली प्रहारबाट केही घाइते भएका छन्।

शु्क्रबार अपरान्ह मन्त्री ज्वाला सवार गाडीमा कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूले आगजनी गरेका थिए। आगजनीपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो।

विभिन्न माग राख्दै केहिदिन यता इपिएस कार्यालयमा युवाहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.