ललितपुर च्याम्पियन बन्दा... (फोटो फिचर)
काठमाडौं : दोस्रो संस्करणको नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा धनगढी एफसीलाई ३-२ गोलले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो।
उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ। पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो। उपविजेता बनेको धनगढीले २० लाख पायो। ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे। यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे।