मधुमेहको शिक्षा र सुरक्षा

मधुमेहको शिक्षा र सुरक्षा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नेपालमा अस्वस्थकर जीवनशैलीका कारण नसर्ने रोग बढ्दै गएको छ। जसमा हरेक १० मध्ये एक व्यक्तिमा मधुमेहको समस्या देखिने गरेको छ। विगतमा धनीमानीमा मात्र पाइने रोग अहिले जीवनशैली, रोग पत्ता लगाउने विधि र सेवाको विस्तारसँगै मध्यम र गरिब वर्गमा पनि दिन प्रतिदिन देखिन थालेको छ। प्राप्त भौतिक सुविधाले मानिसलाई शारीरिक परिश्रमभन्दा मानसिक परिश्रम र अल्छी जीवन बिताउन प्रेरित गरेको छ।

शरीरमा आंशिक मात्रामा वा पूर्णरूपमा पेटको दायाँपट्टि रहेको प्यान्क्रियाज ग्रन्थीको बिटा कोÈले निकाल्ने इन्सुलिनको कमी हुन गई या यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी/ग्लुकोजको मात्रा बढ्छ। यही कार्बोहाइड्रेटको दीर्घकालीन रोगको अवस्थालाई नै मधुमेह भनिन्छ। यस अवस्थामा शंकीको उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज रगतमा अत्यधिक मात्रामा बढ्ने तर करोडौं कोशिकाहरूमा प्रवेश गराउने हर्मोन इन्सुलिनको कमीकमजोरीले कोशहरूमा शंकीको उत्पादन हुन नसकेर शरीर एकदम कमजोर हुँदै जान्छ।

मधुमेहको राजधानी मानिने भारतसँगको समान रहनसहन जीवनशैली र वातावरणले नेपाललाई पनि आक्रान्त बनाइरहेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकमा २५ देखि ६५ बर्ष उमेरका नेपालीमध्ये १० प्रतिशत बढीलाई मधुमेह छ। भए गरेका सीमित अस्पताल सर्भेमा २५ प्रतिशत र सामुदायिक सर्भेमा १५ प्रतिशत जनसंख्यामा मधुमेह देखिएको छ। रोगले शरीरका अंगमा असर पारिसकेपछि मात्र डाक्टरकहाँ पुग्ने र निदान हुने भएकाले रोगीको संख्या सोचेको भन्दा बढी छ। किनभने आफू साँच्चै मधुमेही हो भन्ने ७० प्रतिशत रोगीलाई जानकारी छैन। मस्तिष्कघात, हृदयाघात, मिर्गाैला फेल, दृष्टिघात, अंगघात आदि हुँदा अस्पतालमा बल्ल मधुमेहका कारण भएको जानकारी पाउँछन्।

कारण : प्रमुख कारणमा बंशाणुगत र वातावरणीय मानिन्छ। नेपाल र भारत वंशानुगत रूपमा बढी पीडित छन् भने वातावरणीयमा सहरीकरण, खानपान, व्यायामको कमी र मोटोपना पर्छन्। बढी तौल ४–५ गुना बढी तौल भएमा, आलस्य जीवन, शारीरिक सुस्तता र व्यायामको कमी, शारीरिक आघात, मानसिक बोझ, उमेर ३० वर्षभन्दा बढी, गर्भवती महिलामा मधुमेह भएमा मधुमेह हुन सक्ने हुन्छ।

त्यसैगरी लामो आयु, तयारी खानाको प्रयोग, चिल्लो खाना बढी, अनियमित भोजन, बढी प्रोटिन, गुलियो वस्तुको बढी सेवन, ब्रेकफास्ट जंक तथा फास्टफुड, धूमपान र मादक पदार्थको सेवन पनि सम्भाव्य कारण हुन्। रोगीको संख्या बढ्नुमा जनसंख्या वृद्धि, सहरीकरणलाई पनि आँखा चिम्लन सकिँदैन।

लक्षणहरू : सुरुको अवस्थामा लक्षण देखिइहाले पनि लक्षण यति सामान्य हुन्छन् कि यसकै भनेर छुट्ट्याउन गाह्रो पर्छ। समाजमा प्रत्येक परिचित मधुमेहको साथ तीनजना अपरिचित मधुमेह हुन्छन् भनिन्छ। विभिन्न प्रकारको मधुमेहमा सुरुमा लक्षणविहीन हुने भए पनि पछि गएर एकैकिसिमका लक्षण तथा जटिलता देखा पर्छन्।

शंकास्पद मधुमेहमा तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाइ लाग्नु, छिनछिनमा पिसाब लाग्नु वा पिसाब गरेको ठाउँमा कमिला वा कीरा देखिनु, रातमा पटक–पटक पिसाब लाग्नु, बिनाकारण अचानक तौल घट्नु, आँखाले धमिलो देख्नु, शरीरमा पटक–पटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झम्झमाउनु, पैताला पोल्नु, चेतना हराउनु, जीउ विशेष गरी गुप्तांग चिलाउनु, चिडचिडापन आउनु, यौन क्रियाकलाप घट्नु, कमजोरी महसुस हुन्छ। अन्य लक्षणमा मुख सुक्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, बान्ता हुनु, कालान्तरमा आँखा, मिर्गौला, स्नायु, रक्तनली र मुटुमा असर पर्न थालेपछि सोही मुताविक थप लक्षणहरू देखा पर्छन्। यस्ता लक्षण देखा परेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

खाली पेट फास्टिङमा, खाना खाएको दुई घण्टा पोष्टप्रान्डियलमा र अन्य समय र्‍यान्डममा रगतमा चिनीको मात्रा नापेर तथा रगतमा चिनीको मात्रा बढी भएको बेला पिसाबमा जाँचेर पनि मधुमेह पत्ता लगाउन सकिन्छ। मधुमेह ठूला रोगहरूको सुरु बिन्दु हो। रोगले जति च्याप्दै लग्यो उति टाउकोदेखि खुट्टासम्म घातक रोग लाग्छन्। अधिकांश मानिसले रगत परीक्षण, खाना र व्यायाममा हेलचेक्र्याइँ गर्दिनाले असर विभिन्न अंगमा पर्छ।

हेलचेक्र्याइँ गर्ने मधुमेहीमध्ये ७० प्रतिशतको मृत्यु मुटु तथा रक्त सञ्चारमा आएको खराबीले हुन्छ। ५० प्रतिशत पक्षघात स्ट्रोक, १० प्रतिशत रेनलफेलर, १० प्रतिशत विभिन्न क्यान्सर, ६ प्रतिशत संक्रमण र १ प्रतिशत किटोएसीडोसीसले गराउँछ। विकसित मुलुकमा मधुमेह मृत्युको चौथो कारण हो। मधुमेहको छैटौं जटिलता मुखको स्वास्थ्य हो।

अन्तमा, आफ्नो तौल ठीक अवस्थामा रहँदा ५० प्रतिशतमा मधुमेह लाग्दैन। दिनहुँ ४५ मिनेटको तीव्र हिँडाइ, शारीरिक परिश्रमले सन्तुलित तौल राखी मधुमेहबाट जोगिन सकिन्छ। मधुमेहबारे बिरामी स्वयं चनाखो, सु–सूचित र शिक्षित हुनुपर्छ। मधुमेहको उपचारमा डाक्टर जति नै बिरामी स्वयंका पनि इच्छाशक्ति, आत्मबल, धैर्र्यता र व्यवस्थापकीय भूमिका महत्वपूर्ण हुन्छ। परिवारका सदस्य र सहयोगीले पनि रोगका बारेमा ब्यवस्थापन, उपचार प्रक्रिया र जटिलताबारे जान्नुपर्छ। सम्पन्न व्यक्तिहरूको र उमेर ढल्किसकेका बुढेसकालको रोगमात्र ठानिने मधुमेह ३० वर्षभन्दा कम उमेर र गरिबमा देखिन थालेको छ। यो गति र प्रकारमा बिरामीको संख्या बढ्नु भनेको नेपाल जस्तो देशले धान्न नसक्ने एकदमै विकराल र विस्फोटक स्वास्थ्य समस्या सिर्जना हुनु हो।

डा.बुढाथोकी नेपाल चिकित्सक संघका उपाध्यक्ष हुनुहुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.