दुई युवाको मृत्यु प्रकरण

गृह मन्त्रालय र मृतकका परिवारबीच चारबुँदे सहमति

गृह मन्त्रालय र मृतकका परिवारबीच चारबुँदे सहमति
सुन्नुहोस्

काठमाडौं : पुस १३ गते‍ प्रहरीको गोली लागेर हत्या भएका दुई युवकका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ। प्रहरीको गोली लागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो। 

गृह मन्त्रालय र मृतकका परिवारबीच आज सोमबार चार बुँदे सहमति भएको हो। सहमति अनुसार सरकारले मृतकका परिवारको एक जना सदस्यलाई यथाशीघ्र रोजगार उपलब्ध गराउने, थप राहत उपलब्ध गराउन सरकारले सहजीकरण गर्ने, मृतक शाह र राउतलाई सहिद घोषणाका लागि पहल गर्ने र आफन्तले उनीहरूको शव बुझिलिने छन्। 

मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा लैजान गृह मन्त्रालयले प्रबन्ध मिलाउने सहमति पत्रमा उल्लेख छ। सहमतिमा नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयको उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्र शाहका बाबु टेकबहादुर र सुजन राउतको तर्फबाट उनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन्। 

गृह मन्त्रालय र मृतकका आफन्तबीच सहमति भएका बेला अछामका प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, पुष्पबहादुर शाह र दैलेखका प्रतिनिधिसभा सदस्य अमनबहादुर थापा र दिक्पालकुमार शाहीको उपस्थिति थियो। 

गत साता ललितपुरको बालकुमारीमा ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शाह र राउतको मृत्यु भएको थियो। सरकारले यसअघि मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.