म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट :  म्याजिक भ्यानको ठक्करबाट मोटरसाइकल चालकक‍ो मृत्यु भएको छ। भ्यानको ठक्करबाट भारत बिहार मोतीहारी ग्राम बन्जरियाका ३५ वर्षीय सुशील यादवको मृत्यु भएको हो। 

रौतहटको गौरबाट उत्तरतर्फ जाँदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक भ्यानले चन्द्रनिगाहपुरबाट गौर आउँदै गरेको बि आर ०६ डिए ७६६४ नम्बरको मोटरसाइकललाई गौरस्थित दालमिल नजिक ठक्कर दिएको थियो। यादवको  उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

मोटरसाइकलमा पछाडि बसेका १७ वर्षीय नन्टुन कुमार घाइते भएका छन्। धादिङको नौबिसे-४ घर भई हाल चन्द्रपुर ५ बस्ने म्याजिक चालक ३९ वर्षीय सुनिल राईलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.