राष्ट्रपति रनिङ्ग शिल्ड मंगलाको कब्जामा

राष्ट्रपति रनिङ्ग शिल्ड मंगलाको कब्जामा
मंगला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड कब्जा गरेको मंगला माविका खेलाडी र शिक्षकहरु। तस्बिर : सन्तोष गौतम।
सुन्नुहोस्

बेनी : बाबियाचौरको मंगला मा.वि.ले लगातार तेस्रोपटक जितेर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको छ। म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मंगलबार कैलाशफाँट खेलमैदानमा सम्पन्न चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मंगला मावि लगातार तेस्रोपटक च्याम्पीयन बनेको हो। 

१५ स्वर्ण, ४ रजत र २ कास्यसहित २१ पदकसहित मंगला माविले जितको निरन्ततालाई कायम राख्न सफल भएको छ। ६ स्वर्ण, १२ रजत र ५ कास्यसहित २३ पदक जित्दै महेन्द्ररत्न मावि बरंजा द्वितीय भएको छ। ३ स्वर्ण, ८ रजत १० कास्यसहित २१ पदक जितेर दिपशिखा मावि कुहुँ तृतीय भएको कार्यक्रम संयोजक ज्ञानेन्द्र आचार्यले जानकारी दिए। 

प्रतियोगितामा विजेता विद्यालयलाई ५० हजार रुपैयाँको साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश:  ३० हजार रुपैयाँ र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगितामा शारदा मावि २ स्वर्ण, १ रजत ३ कास्य, शिशु कल्याण मावि २ स्वर्ण, २ कास्य, जनजागृति मावि पूर्णगाउँ १ स्वर्ण, २ रजत, २ कास्य पदक, त्रिभुवन मंगला मावि १ स्वर्ण, १ रजत र १ कास्य, डनिङ बोर्डिङ २ रजत, ४ कास्य पदक र किसानी आधारभूत विद्यालयले १ कास्य पदक जितेको छ।

विजेता विद्यालय र खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगायतले पुरस्कार वितरण गरेका थिए। भलिबलतर्फ छात्रमा मंगला माविका प्रकाश नेपाली, छात्रातर्फ शिशुकल्याण माविकी बुद्धीमाया बुढाथोकी, कबडीतर्फ मंगला माविका छात्रछात्रामा किस्मत विक र सरिता बुढा, एथलेटिक्समा मंगला माविकै मिलन थापा र रिकजना बोटेलाई उत्कृष्ट खेलाडी घोषणा गरी ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

कबड्डी, भलिबल र एथलेटिक्स विधातर्फ छात्र र छात्राहरुको इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मंगला गाउँपालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.