भारतबाट फर्किने नेपालीमा जेएन.१ भेरियन्टको जोखिम, १२ दिनसम्म पनि आएन रिपोर्ट

भारतबाट फर्किने नेपालीमा जेएन.१ भेरियन्टको जोखिम, १२ दिनसम्म पनि आएन रिपोर्ट
कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकाबाट स्वदेश आउँदै गरेका नेपाली। तस्बिर : शिवराज भट्ट

धनगढी : भेरियन्ट पत्ता लगाउनका लागि कैलालीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका कोरोना बिरामीका नमूनाको रिपोर्ट १२ दिनसम्म पनि आएको छैन।

भारतमा जेएन.१ भेरियन्टको कोरोना बढिरहेका बेला, नेपालमा पनि सोही भेरियन्ट हुनसक्ने भन्दै सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाले पुसको ६ गते ४ जना र ११ गते ५ जनाको स्वावको नमुना काठमाडौं पठाएको थियो।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार वा सोमबारसम्म रिपोर्ट आउछ भनेको छ। भेरियन्ट पत्ता लगाउन समय लागेको हुनसक्छ,' सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले भने। पुसको ४ गते र ११ गते भारतको राजधानी दिल्लीसहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरूमा कोरोना पोजेटिभ देखिएको थियो।

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि कोरोनाका बिरामीहरू बढ्न थालेका छन्। सीमा नाकामा गरिएको एन्टीजेन परीक्षणमा, कैलालीको त्रिनगर नाकामा मात्रै पुसयता ९ जनामा कोरोना पुष्टि भएको सीमा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ। झण्डै ७३५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले भारतमा भेटिएको जेएन.१ नामको भेरियन्ट त्यति खतरनाक नरहेको बताए। ‘खतरनाक त त्यति छैन, तर हामीले सजगता भने अपनाउनुपर्छ। हामीले सबै सीमा नाकामा एन्टीजेन परिक्षणको निर्देशन दिएका छौं,' डाक्टर जोशीले भने। सीमा नाकामा पोजेटिभ देखिएहरू सबैलाई घर पठाइएको छ। लक्षण देखिएका विरामीलाई घरमै आइसोलेशनमा बस्न भनिएको छ। तर, घर जानेहरूले लापरबाही गरे गाउँघरमा पनि कोरोनाका बिरामी बढ्ने जोखिम भने कायमै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.