लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरामा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका-३ का २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय अशोक स्वाँर रहेका छन्।

अमरगढी नगरपालिका-१ स्याउलेबाट लागुऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले जिल्ला अदालत डडेल्धुराबाट म्यादथप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.