सालको काठसहित दुईजना पक्राउ

सालको काठसहित दुईजना पक्राउ

रौतहट :  रौतहटमा सालको काठसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-२३ का आजम हुसेन र निजगढ नगरपालिका-९ सिंगौलका अजय कुमार चौधरी रहेका छन्। 

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले बुधबार राति पिकअप भ्यानसहित सालको काठ बरामद गरेको छ। जंगलसहिया सब डिभिजन वन कार्यालयअन्तर्गतको जंगलबाट सालको काठ बरामद भएको हो। 

डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले  काठ र पिकअप भ्यानसहित दुई जनालाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी बिमल ठाकुरले बताए। 

प्रदेश २ -०३-००१च २१९८ नम्बरको पिकअप भ्यानमा काठ लोड गरिरहेको अवस्थामा अन्दाजी ६० क्युफिट  ९ थान गोलिया काठ बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.