चिसोले जाजरकोटमा थप एक भूकम्पपीडितको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

चिसोले जाजरकोटमा थप एक भूकम्पपीडितको मृत्यु, मृतकको संख्या ३६ पुग्यो
सुन्नुहोस्

जाजरकोट : चिसोले गर्दा जाजरकोट एक भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो।

उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको थियो। तर सुर्खेत पुर्‍याउँदा पनि उनको उपचार सम्भव भएन। शनिबार बिहान उनको ज्यान गयो। 

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ। हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिएको छैन। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.