राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई
सुन्नुहोस्

बेनी : बेनी नगरपालिकाले नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। यसअघि लगातार तीन वर्ष शिल्ड जितेर कब्जा जमाएको नगरपालिकाले चौथो पटक पनि प्रतियोगिता जितेको हो।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विजयी बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए। 

९ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित रघुगंगा गाउँपालिका द्वितीय र ४ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका तृतीय भएका छन्। 

मालिका गाउँपालिकाले तीन स्वर्ण, सात रजत र ४ कास्य, मंगला गाउँपालिकाले तीन स्वर्ण र एक रजत, धवलागिरी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १२ कास्य पदक जितेका छन्। 

गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरिएको छ। भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न विधामा स्थानीय तह स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। 

प्रथम हुने पालिकाले रनिङ शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद  १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कार पाएका छन्। 

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले पुरस्कार वितरण गरेका थिए। उसुमा रघुगंगा गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १ कास्य, बेनी नगरपालिकाको २ स्वर्ण, १ रजत र ३ कास्य र अन्नपूर्ण गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ। 

कवड्डीको छात्रामा मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका द्वितीय तथा छात्रातर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका द्वितीय भएका छन्। 

छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिका द्वितीय भए। छात्र भलिबलमा बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्वितीय भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.