नेपालमै पहिलो पटक किड्नी लेफ्ट एडरनल ट्युमरको शल्यक्रिया

नेपालमै पहिलो पटक किड्नी लेफ्ट एडरनल ट्युमरको शल्यक्रिया
सुन्नुहोस्

जनकपुरधाम : मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालमै पहिलो चोटी किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया गरेको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा किड्नीमा रहेको लेफ्ट एडरनल ट्युमरलाई सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

२२ गुणा ५० सेन्टिमिटरको करिब २ किलो ६ सय ग्रामको ट्युमर हटाउन प्रतिष्ठानका प्रोफेसर तथा युरोलोजिष्ट डा सुधीर सिंहको नेतृत्वको टोलीले नेपालमै पहिलो पटक सफल शल्यक्रिया गरेको अस्पतालको दाबी छ। 

क्यान्सर ठिक गराउन भरतपुर क्यान्सर अस्पतालदेखि लिएर भारतको विभिन्न ठाउँमा पुगेका जनकपुरधाम उप–महानगरपालिका २४ बसहियाका ३५ वर्षीय रामतोला देवीले पैसा नभएकै कारण उपचार गराउन नसकेको बेलामा प्रादेशिक अस्पतालले उपचार गरेपछि लाखौं रुपैयाँको बचत र जनकपुरमै उपचार भएकोमा खुशी व्यक्त गरिन्।  ‘घरको आर्थिक अवस्था साह्रै कमजोर छ। लाखौं रुपैयाँ खर्च गर्न सक्ने अवस्था छैन। नेपाल स्थित क्यान्सर अस्पताल चितवन र भारतको कयौं अस्पतालबाट उपचार नहुने जवाफले निराश भएको बेलामा खुशी नहुने कुरै छैन’, उनले भनिन्, ‘आफ्नै ठाउँको अस्पतालमा निःशुल्क सफल उपचार गरिदिने डाक्टरहरू मेरा लागि भगवानको रुप हुन्।’ 

शल्यक्रिया टिमको नेतृत्व गरेका डा. सुधिर सिंहले यस किसिमको शल्यक्रिया नेपालमै पहिलो पटक भएको दाबी गरेका छन्। ‘बिरामीको ट्युमर किड्नीसँगै टाँसिएको थियो, तर हामीले किड्नीलाई समेत बचाउँदै ट्युमरलाई निकाल्न सफल भएका छौ’, उनले भने। नेपालमै पहिलो पटक भएको कारण मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ठूलै उपलब्धि रहेको रजिष्ट्रार डा. विनोद कुमार यादवले बताए। शल्यक्रियामा डा. सिंहसँगै डा. नवीन साह, डा. अमित कर्ण, डा. संजय यादव र ओटी टिमको सहभागिता थियो।

अस्पतालले बिरामीको पारिवारिक तथा आर्थिक अवस्था ज्यादै कमजोर भएको कारण अस्पतालमा लाग्ने सम्पूर्ण शुल्क समेत मिनाहा गरेको प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद कुमार यादवले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.