७९ जना कुचीकारको भरमा ४० हजार घरधुरी

७९ जना कुचीकारको भरमा ४० हजार घरधुरी
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडा ४ नम्बर हो। पछिल्लो जनगणना अनुसार यसको जनसंख्या १८ हजार २ सय ३४ छ। ४ हजार २१९ जनाभन्दा बढी घरधुरी बसोबास गर्ने यो वडाको क्षेत्रफल जति ठूलो छ त्यति नै बढी यहाँ घरपरिवारबाट निस्कने फोहोरहरूको व्यवस्थापनको समस्या छ। 

तर, यति धेरै जनसंख्या भएको वडामा फोहोर व्यवस्थापनका जिम्मा दुई जना कुचीकार टाउकोमा छ। वडा नम्बर ४ त उदाहरण मात्रै हो। १ लाख ८९ हजार ५६८ जनसंख्या रहेको र ३९ हजार ४६४ घरधुरी रहेको जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका लागि मात्रै ७९ जना कुचीकारले काम गरिरहेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका कार्यालयका अनुसार सफाई शाखामा कुचीकार र अन्य गरी जम्मा १२० जना कर्मचारी मात्रै छन्। जसमध्ये ३५ जना स्थायी कर्मचारी छन् भने अन्य करारमा भर्ना गरिएकाहरू छन्। निकै न्यून संख्यामा रहेका कुचीकारहरूलाई प्रत्येक वडामा दुई जनाका दरले नियुक्त गरिएको छ। 

प्रत्येक दिन कम्तीमा ५० टन फोहोर निस्कने नगर क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि सफाई कर्मचारीहरू न्यून मात्रामा मात्रै रहेकाले सफाईमा समस्या रहेको जनकपुरधाम उपमहानगरपालिकाका सूचना अधिकारी उमा शंकर मल्लिकले बताए। ‘जति धेरै जनसंख्या छ नगर क्षेत्रको त्यस अनुरूप कम्तीमा पनि डेढ सय भन्दा बढी नै कुचीकारको आवश्यकता छ। तर, यहाँ करारमा कर्मचारी नियुक्त गर्दा अख्तियारमै उजूरी पर्ने समस्या भएको हुँदा चाहिए जति कर्मचारी राख्न नसकिएको हो,’ सूचना अधिकारी मल्लिले भने, ‘आन्तरिक स्रोतमा कर्मचारी भर्ना गर्नका लागि पनि बजेट अभावको समस्या छ। नगरक्षेत्रमा मुख्य सडकहरू मात्रै सफा गरेर पनि हुँदैन, गल्लीहरूमा फोहोरको डंगुर नै लागेको छ। नालाहरू जाम भएका छन् ति सबैलाई व्यवस्थित गर्न जनशक्तिको आवश्यकता छ र उपमहानगरपालिकासँग आवश्यक जनशक्ति छैन।’ 

जनकपुरधाम धार्मिक रुपमा जतिधेरै प्रसिद्धि पाए पनि यसको अर्को प्रमुख चर्चाको विषय नगरक्षेत्रको फोहोर रहेको स्थानीय अरुण झाले बताए। ‘अव्यवस्थित नाला, जथाभावी फालिएका फोहोरहरू, पर्यटकीय क्षेत्रमा समेत शौचालयको अभाव, भएका सार्वजनिक शौचालयहरू समेत व्यवस्थित नहुनु र लामखुट्टेको अत्यधिक प्रकोप जनकपुरको पहिचान झैं बनेको छ। तर, यस समस्याको समाधान तर्फ यथोचित ध्यान उपमहानगरपालिकाको छैन,’ झाले भने, ‘फोहोर व्यवस्थापन प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा यहाँ अनावश्यक क्षेत्रहरूमा रकम खर्चिने तर, जसले जनकपुरको पहिचान खराब गरिरहेको छ त्यसतर्फ ध्यानै नदिने काम भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.