बरहथवा घटनाः स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति
सर्लाही : सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच ११ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेस सरकारलाई हस्तान्तरण गरिनेछ।
अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइने छ भने प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका जयशंकर साहका नाममा अस्पतालको नामाकरण गरिने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
प्रदर्शनरत पक्ष र स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छ।
प्रतिक्रिया दिनुहोस !