मधेसमा एमालेबाट उषादेवी र विजेताको मनोनयन दर्ता
जनकपुरधाम : नेकपा एमालेको तर्फबाट मधेसमा राष्ट्रियसभा सदस्यमा उषादेवी थरुनी र विजेता झाले मनोनयन दर्ता गराएका छन्। एमाले नेता झाले अन्यतर्फ र थरुनीले महिलातर्फ मनोनयन दर्ता गराएका हुन्।
मतदाता नामावली सूचीमा नाम नभेटिएपछि नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन आएका अर्जुनसिंह राजपुत रित्तै फर्किएका थिए। सोही स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो। मधेसबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस !