सभामुख र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच शान्ति प्रक्रिया, मानव अधिकारका विषयमा छलफल

सभामुख र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच शान्ति प्रक्रिया, मानव अधिकारका विषयमा छलफल
तस्बिर : सभामुख सचिवालय

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच मंगलबार भेटवार्ता भएको छ। नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेटवार्ता गरेका हुन्। 

घिमिरेले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धता रहेको बताए। घिमिरेले भने, ‘युरोपेली संघको एक महत्वपूर्ण सदस्यको हैसियतमा नेपालको विकास प्रयासलाई युरोपेली संघ मार्फत थप सहयोग उपलब्ध गराउने दिशामा सकारात्मक वातावरण सिर्जना गर्ने सम्बन्धमा हामी आयरल्याण्डको सहयोगको अपेक्षा गर्दछौं।’ 

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, संसदीय सहयोग र अभ्यासबारे छलफल भएको संघीय संसदका कार्यबाहक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।  यसअघि सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका अवसरमा त्यहाँ उठाएका विषयहरु जस्तो नेपाल र आयरल्याण्डबीच संसदीय सहयोग, नेपाली विद्यार्थीलाई आयरल्याण्डमा छात्रवृतिको व्यवस्था  र बेलायतको भिषा लिएका नेपालीलाई आयरल्याण्डको भिषा नलिएपनि त्यहाँको भ्रमण गर्न दिइनुपर्ने विषयमा सभामुखले कुरा राखेको उनले बताए। null

भेटमा बट्टिमरले नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको उल्लेख गरे। बट्टिमरले भने, ‘नेपालले मानवअधिकार र लैंगिक तथा यौनिक अल्पसंख्यकका क्षेत्रमा गरेका प्रगति विश्वकै लागि उदाहरणीय छन्। नेपालले शान्तिका क्षेत्रमा विश्वमा गरेका प्रयासहरु उदाहरणीय छन्।’

सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच नेपालको शान्ति प्रक्रिया, मानव अधिकार लगायतका विषयमा पनि छलफल भएको पाण्डेयले जानकारी दिए।  भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो  सदनका अध्यक्ष बट्टिमरले आफू नेपाल भ्रमणबाट फर्केपछि सभामुख घिमिरेले उठाउनुभएको विषयमा सम्बन्धित मन्त्री, पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्ने बताएको कार्यबाहक महासचिव पाण्डेयले जानकारी दिए। अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार नेपाल आएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.