मौसम प्रतिकूल हुँदा धनगढीका लागि उडेका जहाज सुर्खेत 'डाइभर्ट'

मौसम प्रतिकूल हुँदा धनगढीका लागि उडेका जहाज सुर्खेत 'डाइभर्ट'
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : अचानक मौसममा परिवर्तन आएपछि सुदूरपश्चिमको हवाई सेवा प्रभावित भएको छ। हवाई सेवा प्रभावित भएपछि काठमाडौंबाट धनगढीका लागि उडेका बुद्ध एयर र श्रीएयरका जहाजहरू सुर्खेत डाइभर्ट गरिएको  धनगढी विमानस्थलले जनाएको छ।

काठमाडौंबाट बुधबार बिहान ९:४० बजे धनगढीका लागि उडेको बुद्ध एयरको उडान संख्या २५१ को जहाज र ९:४२ बजे उडेको उडान संख्या २२१ को श्री एयरलाइन्सको जहाज अचानक मौसममा परिवर्तन  आएपछि सुर्खेत डाइभर्ट गरिएका थिए ।

पश्चिमी वायुको प्रभावले एकै छिनमा हुस्सु आउने र  जाने भएपछि हवाई सेवा प्रभावित भएको हो।  आज बिहान खुलिसकेको धनगढी विमानस्थल अचानक हुस्सुले छोपेपछि भिजिबिलिटी कम हुँदा दुबै जहाजलाई सुर्खेत डाइभर्ट गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले बताए ।

विमानस्थल बन्द भएपछि सुर्खेत डाइभर्ट गरिएका बुद्ध एयर र श्रीएयरका जहाजहरू अहिले धनगढी फर्केका छन् । दुबै जहाजहरु धनगढी ल्याण्ड भइसकेको धनगढी विमानस्थलले जनाएको छ । 

सामान्यतया विमानस्थलमा जहाज अवतरणका लागि ५ हजार मिटरको आँखाले देखिने ‘भीजिविलिटि’चाहिन्छ । तर धनगढी विमानस्थलमा गतवर्ष नै भिओआरडिएमई नामक उपकरण जडान गरिएको थियो । त्यस उपकरण पछि १७ सय मिटरको ‘भिजिविलिटि’ मा पनि जहाज अवतरण गर्न सकिन्छ ।

‘तर २ हजार मिटर ‘भिजिविलिटि’पुगिसकेको विमानस्थल अचानक हावा चलेर एक हजार ‘भिजिविलिटि’ मा आयो । त्यही भएर जहाजहरु सुर्खेत डायभर्ट गरिएका हुन्,'विमानस्थल प्रमुख सिंहले भने । नेपालगञ्ज विमानस्थल खुलेको थियो,अहिले त्यहाँ पनि बन्द भइसकेको छ । त्यहाँका २ जहाज हाम्रो कन्ट्याक्टमा आएका छन् ।’ 

उनले पश्चिमि हावाका कारण कतिबेला मौसममा के हुन्छ भन्ने कुरा थाहा नहुने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.