मोटरसाइकलसहित चोर पक्राउ
महोत्तरी : महोत्तरीको गौशालामा चोरी भएको मोटरसाइकल ४ घण्टाको अन्तरालमा प्रहरीले चोरसहित बरामद गरेको छ। प्रहरीले धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं. १ लक्ष्मी निवासका २६ वर्षीय हिरेन्द्र महरा चमारलाई गौशालाबाट नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार बुधबार एका विहानै गौशाला नगरपालिका वडा नं. ४ रजखोरस्थित बिनोदकुमार सिंहले आफ्नो घर आँगनमा पार्किङ गरि राखेको ज.९ प.३५५ नं. को डिस्कोभर मोटरसाइकल चोरी भएको थियो।
सो गाडीको खानतलाशको क्रममा प्रहरीले महरालाई विहान ८ बजेको समयमा गौशालास्थित जिरोमाईलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका रामलाई आवश्यक कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय गौशालामा राखि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !