जाजरकोटको नलगाडमा फिजियोथेरापी सेवा सुरु

जाजरकोटको नलगाडमा फिजियोथेरापी सेवा सुरु
अस्पताललाई आवश्यक समान हस्तान्तरण गरिँदै : तस्बिर : राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट : नगर अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ। नगर अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नशा तथा हाडजोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ।

 
पाँच तारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा नलगाड नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरूको शारीरिक पुनःस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजनाअन्तरर्गत प्राथमिक अस्पतालमा फिजियोथेरापी सुरु गरिएको पाँच तारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिए। 

प्राथमिक अस्पतालमा फिजियोथेरापी सेवा केन्द्र स्थापना र सञ्चालन गर्न नलगाड नगरपालिका, ह्याण्डीक्याप इन्टरनेशनल फेडेरेसन र पाँचतारा युवा संरक्षक मञ्चबीच भएको त्रिपक्षीय सम्झौताअनुसार प्राथमिक अस्पतालको फिजियोथेरापी सेवा केन्द्रका लागि र अपांगता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुनःस्थापनाका लागि गत साउन ३ गते सम्झौता भएको थियो। नगरपालिकामा फिजियोका लागि आवश्यक सम्पूर्ण सामग्री पाँच तारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले नगर प्रमुख डम्बरबहादुर रावलमार्फत् अपस्ताललाई हस्तान्तरण गरेका हुन्।

नगर प्रमुख डम्बरबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई स्वास्थ्य शाखा प्रमुख तप्त चुनारा अस्पताल प्रमुख राजेश सिंह पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्त, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका प्राविधिक अधिकृत प्रज्वल गिरीलगायतको टोलीले फिजियोथेरापी कक्षको अनुगमन तथा निरीक्षण गरेका थिए। अनुगमनका क्रममा फिजियोथेरापिष्ट प्रिमान गुरूङले ठाउँ अभावका कारण सबै सेवा दिन सम्भव नभएको बताए। 

उनले फिजियोको लागि उपयुक्त स्थान भएमा फिजियोथेरापी सेवाको अभावमा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास ब्यक्त गरे। नगर प्रमुख डम्बरबहादुर रावतले नगरबासीहरूले फिजियोथेरापी सेवा लिन नेपालगन्ज जानुपर्ने अवस्थाको अन्त हुने बताए। यो सेवाले बारेकोट गाउँपालिका र आठबिस नगरपालिका रुकुम पश्चिमका जनताले पनि सेवा लिने बताए। संस्थाले १९ लाख १२ हजार बराबरको आवश्यक सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.