पोखराको मालेपाटन र ढोरबीसीमा व्यावसायिक खुदो उत्पादन

पोखराको मालेपाटन र ढोरबीसीमा व्यावसायिक खुदो उत्पादन
सुन्नुहोस्

पोखरा : पोखरा-३२ मालेपान र ढोबेसीमा पुस्तौदेखि किसानले व्यावसायिक रुपमा उखुको खेती गर्दै आएका छन्। किसानले उखुको रसबाट खुदो बनाएर मनग्य आम्दानी लिएका छन्। उखु रोपेको १ वर्षमा तयार हुन्छ। त्यही उखुलाई मेसिनमा पेलेर रस निकालिन्छ। 

यसरी निकालेको रस चर्को दाउराको आगोमा पकाएर बाक्लो खुदो तयार गरिन्छ। पहिले पहिले गोरुको प्रयोग गरेर कोलमा उखु पेलेर रस निकालिन्थ्यो। पछिल्लो समयमा बिजुलीबाट चल्ने मेसिनले उखु पेलेर रस निकालिन्छ। यसरी तयार भएको उखुको रसलाई पकाएर बाक्लो खुदो तयार गरिने स्थानीय किसान नारायणप्रसाद वाग्लेले बताए। 

गाउँमा खेतीपातीका लागि सिँचाइको व्यवस्था नभएकाले पहिलेदेखि नै व्यावसायिक रुपमा उखु खेती गर्दै आएको वाग्ले बताउँछन्। लगातार एउटै खेत बारीमा उखु लगाउँदा विभिन्न रोग लाग्ने भएकोले एक दुई वर्षमा कुनै खेत बारीमा धान, मकै लगाउने त कुनैमा उखु लगाएर उखुमा लाग्ने किराबाट जोगाउन सकिने भएकोले यसरी नै खेती गर्दै आएको उनले सुनाए। 

गाउँमै  खुदो लिन उपभोक्ता आउने भएकोले किसान उखु खेतीतर्फ आकर्षित भएको वाग्लेले बताए। मालेपाटन र ढोडबेसीमा कहिलेदेखि उखुको खेती गरेर खुदो निकाल्न थालियो भन्ने एकीन नभए पनि आफूले जान्दादेखि यो क्रम चल्दै आएको मालेपाटन कृषि सहकारीका अध्यक्ष महेश्व पौडेलले सुनाए। 

गत वर्ष मालेपाटनका किसानले  खुदो बिक्री गरेर १५ देखि २० लाख आम्दानी लिएको उनले बताए। यस वर्ष पनि उखुबाट राम्रै आम्दानी हुने अध्यक्ष पौडेलले  विश्वास गरे। उखु खेतीबाट मालेपाटन र ढोरबीसीका किसानले जीवनस्तर उकासिएको पनि उनले सुनाए। उखु खेतीमा सेतो किरा लाग्ने, रातो लाग्ने, कहिले हावाले उखु ढल्दा पनि उखु खेतीमा असर गर्ने गरेको पोखरा ३२ ढोरबीसीकी किसान रेवती अधिकारीले बताइन्। 

मालेपाटन र ढोडबेसीका करिब सय परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन्। त्यही उखु पेलेर बर्सेनि खुदो बनाएर बिक्री गर्ने गर्दछन् । खुदोको माग पुसे पन्ध्र र माघे संक्रान्तिमा बढी हुन्छ। यही समयमा किसानले उखुको रस निकालेर पकाएर खुदो तयार गर्छन्। 

पकाउँदा पकाउँदैको तातो तातो खुदो खान चाहने पोखरेली मालेपाटन र ढोरबीसी नै पुगेर तातो खुदो खाने र फर्कँदा खुदो लिएर आउने किसानले बताए। पुसे पन्ध्रमा अनदीको चामलको लट्टे खाने चलन छ। लट्टे बनाउँदा खुदोको प्रयोग हुने गर्दछ। 

उत्पादन भएको खुदो बिक्रीमा कुनै समस्या नरहेको अध्यक्ष पौडेलले बताए। पछिल्लो समयमा अन्यत्रको खुदो मालेपाटन र ढोरबीसीको भन्दै बजारमा बिक्री गर्न थालेपछि आफ्नो पुरानो राम्रो ब्राण्ड नै बिग्रने हो कि भन्ने चिन्ता किसानलाई थियो। 

गत दुई वर्षदेखि किसानको मागलाई ध्यानमा राखेर पोखरा महानगरपालिकाले मालेपाटनको खुदोको ब्राण्डिङमा सघाएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। ब्राण्डिङअघि स्थानीय उखुको ल्याब परीक्षण गरिएको र खानका लागि निकै उपयोगी पाइएको पनि उनले बताए। मालेपाटन र ढोरबीसीमा स्थानी काठे उखु, कालो उखु, चिनियाँ उखु लगायतका हुने गरे पनि अहिले भने बाँसकडा जातको उखुको खेती हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.