मिलेर खानकै लागि गठबन्धन बनेको जस्तो भयो : कांग्रेस नेता केसी

मिलेर खानकै लागि गठबन्धन बनेको जस्तो भयो : कांग्रेस नेता केसी
सुन्नुहोस्

नुवाकोट : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशको शिक्षा नीति नै असफल भएको बताएका छन्। उनले वर्तमान शिक्षामा समस्या हुँदा युवाहरू विदेशिने समस्या बढेको बताए। 

नुवाकोटको थानसिङस्थित वच्छला माविमा बधबार आयोजित कार्यक्रममा केसीले देशको शिक्षा नीति तत्काल परिवर्तन जरुरी रहेको बताए। उनले नेपालको वर्तमान अवस्थाको शिक्षाले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने नभएको हुँदा समस्या आएको बताए। उनले अहिलेको शिक्षाको गुणस्तर निकै खस्केका कारण शिक्षामासमेत विभेद् र असमानता बढेको बताए। उनले निजी तथा सामुदायिक विद्यालयबीचको शिक्षामै फरकपन रहेको बताए।
 

शिक्षा, स्वास्थ्य र विकासमा समावेशिता हुनुपर्नेमा जोड दिँदै नेता केसीले नेपालको शिक्षा अब विश्वमा प्रतिस्पर्धा गर्नसक्ने प्रकृतिको बनाउनुपर्ने समय आएको बताए। शिक्षालाई राजनीतिभन्दा बाहिर रहेर गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा जनप्रतिनिधि केन्द्रित हुनुपर्ने केसीको भनाइ छ। अहिले देशमा नयाँ विचारले पुराना विचारलाई कामै नलाग्ने भन्नेलगायतका आरोप लगाएर जनतालाई भ्रमित बनाइरहेको नेता केसीले बताए। 'विचारमा विविधता हुनसक्छन्। तर, अरुलाई अपमान गर्दै हिंड्नु आफैं अपमानित हुनु हो,' उनले भने। 

आफूले पहल गरेका कारण नुवाकोट हुँदै मध्यपहाडी सडकमार्ग बनेको दाबी गर्दै नेता केसीले विकासले जनताको परिवर्तन गर्नेसमेत बताए। समग्रतामा एकता अहिलेको आवश्यकता रहेको ठहर गर्दै नेता केसीले अरुको विचार नसुन्ने प्रवृत्तिले देशलाई समस्यामा पारिरहेको बताए। आफ्नै परम्परा, संस्कृति, संस्कारलाई बिर्सिँदै अहिले विदेशी नक्कलमा रमाउन थाल्नु गलत भएको केसीको ठहर छ। उनले नेपालको पहिचान र संस्कृति कसैको भन्दा कमजोर नरहेकोसमेत बताए। 

उनले हरेक क्षेत्रमा भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको अवस्थामा समेत गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको आरोप लगाए। गठबन्धनको सरकारले देशलाई सन्तुलनमा राख्न नसेको उल्लेख गर्दै नेता केसीले मिलेर खानकै लागि गठबन्धन बनेको र यो असफल भइसकेको आरोप लगाएका छन्।
 
नेता केसीले दलहरू मिलेर ३० वर्षे पञ्चायत, १०४ वर्षे राणा शासन, २३८ वर्षे राजतन्त्र अन्त्यका लागि गरेको आन्दोलन र संघर्षको मर्मलाई अहिले भ्रष्टाचारले छोपेको गुनासो गरे। अहिले देशमा सबै पक्ष मिलेर भ्रष्टाचार गरिरहेका छन्, चाहे स्थानीय, चाहे प्रदेश र चाहे संघीय सबैतिर भ्रष्टाचार मौलाएको ठहर गर्दै नेता केसीले त्यसको नियन्त्रणका लागि जनता नै अब एकजुट भएर क्रियाशील हुनु पर्ने बेला आएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.