कञ्‍चनपुरमा मिलेमतोमै वन फडानी,अध्यक्षसहित दुईजना पक्राउ

कञ्‍चनपुरमा मिलेमतोमै वन फडानी,अध्यक्षसहित दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : सामुदायिक वनभित्र काँचो सालका रुख काटेको आरोपमा वनका अध्यक्षसहित दुईजना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ स्थित गडबिजला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरी र काठ काट्न संलग्न भएको आरोपमा सोही ठाउँका नारायण चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । 

गडबिजला सामुदायिक वनका पदाधीकारीहरुको मिलेमतोमा ब्यापक वन फडानी भइरहेको हो । सामुदायिक वनमा दर्जनौं सालका रुख काटिएका कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउदले बताए ।

‘गडबिजला सामुदायिक वनमा काँचो सालका रुख काटेर गोलिया बनाइ गायब पारिएका छन् । वनमा हेर्न जाँदा ठुटा मात्र देखिन्छन । डिभिजन वन कार्यालयले पनि वन फडानीमा चासो लिएको देखिदैन,'वडाध्यक्ष साउदले भने । 

यसअघि पनि सामुदायिक वनभित्र काँचो सालका रुख काटिएका थिए । त्यतिबेला पनि सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीका दाइरामबहादुर चौधरीको केराबारीमा चिरान गरिएको अवस्थामा काठ फेला परेको थियो । 

त्यतिबेलाको काठ काटन संलग्न नारायण चौधरीलाई शनिबार मात्रै पक्राउ गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत अमर सिह धामीले बताए । ‘सामुदायिक वनका पदाधिकारीको संलग्नताबिना काँचो रुख काटेर गोलीया बनाइ सप्लाई गर्न नै सकिँदैन,'वन अधिकृत धामीले भने, ‘नारायण चौधरी यसअधिको काठ कटानीमा पनि फरार अभियुक्त हुन् ।’

सामुदायिक वनका अध्यक्ष धनिराम चौधरीका दाइराम बहादुर चौधरी पनि डिभिजन वनले फरारको सूचीमा राखेको छ । 

वडाध्यक्ष अर्जुन साउदले पनि सामुदायिक वनका पदाधीकारीहरुको मिलेमतोमा दर्जनौं सालका काँचा रुखहरु कटानी भइरहेको बताए । ‘सामुदायिक वन भनेको उपभोक्ताले संरक्षण गर्ने क्षेत्र हो तर उपभोक्ताले नै चुनेर पठाएका पदाधीकारीहरु नै वन फडानीमा लागेका छन्,'वडाध्यक्ष साउदले भने  ।'

उनले वन फडानीमा संलग्नहरुलाई कारवाही हुनुपर्ने बताए । ‘सामुदायिक वनभित्र राम्ररी निरीक्षण नै गरिएको छैन । हामीले डिभिजन वनलाई  निरीक्षणका लागि पनि अनुरोध गरेका छौं,भित्रभित्र ठूलो संख्यामा रुख काटिएका छन,'वडाध्यक्ष साउदले भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.