माघ २ देखि आचारसंहिता लागू

माघ २ देखि आचारसंहिता लागू
सुन्नुहोस्

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। माघ २ देखि १२ गतेसम्मका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। राष्ट्रियसभाका १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले आचारसंहिता लगाउने गरेको छ। ‘सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइँदैन’, लागू गरिएको आचारसंहिताबारे प्रवक्ता पौडेलले भने, ‘निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघटमा रोक लगाइएको छ।’ सरकारी, अर्धसरकारी निकाय, सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय, महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला गर्न आचारसंहिताले रोकेको छ। आचारसंहितामा भनिएको छ, ‘राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित कुनै सामग्री उत्पादन, प्रयोग र बिक्री वितरण पाइने छैन।’

आचारसंहिताअनुसार प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचार–प्रसार गर्न पाइने छैन। त्यसैगरी सामाजिक सञ्जालमा गलत, भ्रामक, द्वेषपूर्ण सूचना प्रवाह गर्नसमेत रोक लगाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.