अब चिनौं आफ्नै राजधानी

अब चिनौं आफ्नै राजधानी
फाइल तस्बिर।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक सहर काठमाडौं देशको राजधानीमात्र भएन । अब विश्व भ्रमण गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य बनेको छ । यो मूलतः नेपाल र नेपालीका लागि विशेष गर्वको विषय हो । प्राचीन कलाकौशलले भरिएको काठमाडौं विश्वका लागि ‘विशेष गन्तव्य’ हो । त्यसैले त अन्तर्राष्ट्रिय अध्ययनहरूमा काठमाडौं विश्वमा घुम्नैपर्ने सहरहरूको सूचीमा पर्दै आएको छ । यसवर्ष ट्रिप एडभाइजरले विश्वको ‘उत्कृष्ट प्राकृतिक गन्तव्य’को पहिलो नम्बरमा हालै काठमाडौंलाई छनोट गरेको घोषणा गरेको छ । विश्व पर्यटनका प्रचार क्षेत्रमा नेपालका लागि यो ठूलो उपलब्धि हो । 

विश्वको सबैभन्दा ठूलो ट्राभल गाइडेन्स प्लेटफर्म ट्रिप एडभाइजरले एक अर्बभन्दा बढी समीक्षक र ८० लाखभन्दा बढी व्यवसायीको सुझाव संकलनपछि घोषणा गरेको यो सूचीमा नेपाल र नेपालीले गौरव मात्र गर्ने होइन बरु पर्यटन भिœयाउने रणनीतिका साथ काम गर्न जरुरी छ । सन् २०२४ का लागि उत्कृष्ट गन्तव्यमा समावेश भएको काठमाडौं प्राकृतिक गन्तव्य मन पराउने पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुने एडभाइजरको सुझाव छ । जुन कस्तुरीले वीणा थाहा नपाएजस्तो भएको छ । हामीले पर्यटन क्षेत्रको प्रचार गरी विदेशी पर्यटकको आकर्षण बढाउन सकिरहेका छैनौं । 

कोभिड महामारीपछि ओरालो लागेको नेपालको पर्यटन क्षेत्र अझै सुधार हुन सकेको छैन । यस्तो समयमा विश्वभर काठमाडौं उत्कृष्ट गन्तव्यको रूपमा सूचीकृत र प्रचार हुनु सुखद कुरा हो । नेपाल सरकारले सन् २०२४ मा २० लाख बढी विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको छ ।

सन् २०२३ मा नेपालमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ । विदेशी पर्यटक भित्र्याउन र उनीहरूको बसाइ लम्ब्याउन पर्यटन पूर्वाधारमा सुधार, असल सत्कार र प्रचार मुख्य कुरा हो । यी सबै कुरामा सरकार चुक्दै आएको छ । नेपाल पर्यटकका लागि उत्कृष्टसँगै सुरक्षित गन्तव्य हो भन्ने कुरा पनि विश्वव्यापी प्रचार हुन जरुरी छ । हुनमात्र होइन, भइरहन जरुरी छ । सरकारले सन् २०२४ सम्ममा पर्यटक आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने लक्ष्य राखेको छ । 

सरकार र पर्यटन क्षेत्रका सबै सरोकारवाला एकद्वार नीतिका साथ मिलेर काम गर्ने हो भने यो लक्ष्य भेट्न समस्या छैन । काठमाडांै जस्तै विश्व पर्यटनको सूचीमा पर्न सक्ने दर्जनौं पर्यटन भूमिलाई हामीले पर्यटन बजारमा पर्याप्त बिक्री गर्न सक्ने हो भने देशको जर्जर आर्थिक अवस्था सुधारका लागि कोसेढुंगाको काम हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.