कोशीमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु

कोशीमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरु
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान सुरुआत भएको छ। प्रदेश सरकारले शुक्रबारबाट मोरङ र झापाबाट ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियानको थालनी गरेको हो।

कोशीका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित रानी र नेमुवामा कार्यक्रम आयोजना गरी उक्त अभियानको थालनी गरेका हुन्। उनले कोशी प्रदेशभरिका सवारी चालकहरूको लागूऔषध तथा मादक पदार्थ सेवनका साथै आँखा जाँच अभियान सुरु गरेका हुन्। ‘यो अभियानले नागरिकको जीवन बचाउ अभियानका रूपमा सुरु गरेका छौं,’ उनले भने, ‘बिनाकारण सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाइरहनुका साथै घाइतेको तथ्यांक पनि बढिरहेकाले सरकार गम्भीर भएर यो अभियान सुरु गरेको हो।’

मुख्यमन्त्री कार्कीले सडकमा यात्रा गर्दा अनुशासित भएर नियमको पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन्। ‘हामीले अस्पताल गएर उपचार गराउने भन्दा पनि अस्पताल नै जाने अवस्था कसरी अन्त्य गर्नु भन्नेतर्फ जानुपर्दछ,’ उनले भने ‘लापसे र मापसेले ज्यान गुम्छ त्यसैले यसको नियन्त्रणका लागि हामीले नागरिकको ज्यान जोगाउने अभियान सुरु गरेका हौं।’ 

लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको नगरेको जाँच गर्ने किट हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले चेक जाँच कार्य नियमित गर्न प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिए। लापसे मापसे गरेर सवारी चलाउँदा दुर्घटना मात्रै नभइ स्वास्थ्यमा समेत गम्भीर समस्या उत्पन्न हुने भएकाले त्यसको सेवन रोक्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीले बताए। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सडक, चालकका साथै नागरिकको सुरक्षाका लागि प्रदेशभरि सडक सुरक्षा अभियान सुरु गरेको मन्त्रालयका मन्त्री समशेर राईले बताएका छन्। कोशी प्रदेशमा दैनिक औसत आठवटा दुर्घटनाको घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ। जसमा सरदर एक जनाले ज्यान गुमाउनुका साथै दुई जना गम्भीर घाइते र १० जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.