गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन
![गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_JdfaLFRv3M_j9WWVTKVdE.jpg)
नुवाकोट : नुवाकोटको पञ्चकन्यामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ। पञ्चकन्या गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले विभिन्न वडामा पाँच दिन शिविर सञ्चालन गरिएको हो।
शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र र अपांगता परिचयपत्र प्रदान गरिएको पालिकाले जनाएको छ। शिविरमा २ सय ५ लाई ज्येष्ठ नागरिक परिचयपत्र र २२ जनालाई अपांगता परिचयपत्र प्रदान गरिएको छ।
शिविरमा छुटेकाहरूले प्रत्येक महिनाको पहिलो साता गाउँपालिका कार्यालयबाट परिचयपत्र प्रदान गरिने छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)