सभामुख घिमिरे र विषयगत समितिका सभापतिबीच छलफल जारी

सभामुख घिमिरे र विषयगत समितिका सभापतिबीच छलफल जारी
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग छलफल गरेका छन्। घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै समितिका सभापतिहरुलाई सभामुखको कार्यकक्षमा बोलाएर छलफल गरेका हुन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘सभामुख ज्यूले कार्यकक्षमा प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग छलफल गरिरहनु भएको छ। समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल भइरहेका छन्।’

सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ। सरकाले सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेसँगै बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेश गर्न बाटो खुलेको हो। अध्यादेशमार्फत बजेटको सीमा (सिलिङ) तोक्ने साविकको समयसीमामा पनि संशोधन गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.